Wednesday, January 15, 2025
पर्यटनसंखुवासभाका पर्यटकीयस्थलहरु ओझेलमा: सरोकारवाला निकाय मौन

संखुवासभाका पर्यटकीयस्थलहरु ओझेलमा: सरोकारवाला निकाय मौन

सुनसरी / संखुवासभालाई पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा लिइने गरिन्छ । यहाँको प्राकृतिक सम्पदा, रहनसहन आदिवासीहरुलगायतको बहुभाषिक बसोबास र जडीबुटीको भण्डारको रुपमा लिइने यस जिल्लालाई पर्यटकीय र आर्थिक रुपमा पनि अत्यन्तै महत्वको साथ हेरिएको छ ।

यहाँको प्रमुख आकर्षणको केन्द्रको रुपमा राष्ट्रिय फुल लालीगुँरासको राजधानी मानिने तिनजुरे, मिल्के, जलजले लालीगुँरास संरक्षित क्षेत्रलाई लिइएको छ । विश्वमा पाइने ३२ प्रजातिका लालीगुँरासमध्ये २८ प्रजातिका लालीगुँरास यहाँ पाइन्छन् । तर, भरपर्दो सडक सञ्जालको विस्तार नहुँदा चाहेर पनि पर्यटकहरु पुग्न सकिरहेका छैनन् ।

संखुवासभामा विभिन्न धार्मिकस्थलका साथै मनोरम प्राकृतिक सौन्दर्यको मजा लिन सकिने धेरै ठाउँहरु छन् । विश्वकै पाँचौं अग्लो मकालु हिमाल र मकालु वरुण राष्ट्रिय निकुञ्ज , नेपालमा मात्रै पाइने काँडेभ्याकुर, अरुण नदीको मनमोहक दृश्य, संखुवासभाको नुमस्थित भाटभटिनी डाँडा, चैनपुर बजार, तुम्लिङटार ,गुफा पोखरी , छ्याङ्कुटी डाँडा,सभापोखरी,गुराँसको राजधानी तीनजुरे मिल्के जलजले , मनकामना मन्दिर, सिद्धकाली मन्दिर, सभापोखरी, शिवधारा, मत्स्यपोखरी लगाएत पर्यटकीय ठाउँ यहीँ छन् ।IMG 20231028 190441

यत्तिका पर्यटकीय महत्वका ठाउँहरूमा जोड्ने सडक सञ्जालको भने व्यवस्था भएको छैन । होटलको पर्याप्त सुविधा नहुँदा प्रचुर सम्भावना बोकेको संखुवासभाभित्र अवस्थित पर्यटकीयस्थलहरुबाट राज्यले फाइदा लिन सकेको छैन ।

सडक सञ्जाल र होटल व्यवसायलाई प्राथमिकताका साथ अगाडि बढाउने हो भने मात्रै पनि यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरु भित्र्याउन सकिने पर्यटन संखुवासभाका होटेल व्यवसायीहरु बताउछन् ।Screenshot 2023 1028 185617Screenshot 2023 1028 185358Screenshot 2023 1028 185752Screenshot 2023 1028 185956IMG 20231028 1905021697956583603

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img