देशकोशी प्रदेशधनकुटामा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा दुई जना पक्राउ

धनकुटामा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा दुई जना पक्राउ

सुनसरी /धनकुटामा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा दुई जना पक्राउ गरिएको छ ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय राम बहादुर कटुवाल रहेका छन् । ती बालिकाको घरमा कोही नभएको अवस्थामा उनीहरूले सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img