काठमाडौं : नवलपरासी जिल्लाको बर्दघाट – सुस्तापुर्वमा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको छ ।
जिल्ला प्रशासन कार्यलयका अनुसार चालू अार्थिक वर्ष २०७८/७९ को तीन महिनामा नागरिकता लिनेभन्दा राहदानी लिनको सङ्ख्या धेरै देखिएको हो ।
जिल्ला प्रशासन कार्यलय नवलपरासी ( बर्दघाट- सुस्तापुर्व )का सुचना अधिकारी एवं प्रशासनीय अधिकूत आनन्द शर्मा भुसालका अनुसार गत साउनदेखि असोज मसान्तसम्म जिल्लाबाट २,८८९ ले नयाँ नागरिकता बनाउँदा तीन हजार ८९ ले नयाँ राहदानी बनाएका छन् ।नयाँ नागरिकता लिनेमध्ये महिलाको सङ्ख्या एक हजार ४०१ तथा पुरूषको सङ्ख्या एक हजार ४८८ रहेका भुसालले बताएका छन् ।
जिल्लाबाट राहदानीका लागि दुई हजार ५३४ वटा सिफारिस गरिएको कार्यलयका सुचना अधिकारी एवं प्रशासकीय अधिकूत भुसालले जानकारी दिनुभएको छ ।
उनका अनुसार राहदानी लिन सिफारिस गरिएकामध्ये पुरुष एक हजार ६५७, महिला ८१२ र नाबालक ६५ जना रहेका छन् । त्यस्तै द्रुतसेवामार्फत राहदानीका लागि पराराष्ट्र मन्त्रालयमा ५४५ वटा सिफारिस गरिएको भुसालले जानकारी दिएका छन् ।



