देशबागमती प्रदेशवर्षको ६ पटकसम्म घरेलु मदिरा उत्पादन गर्न पाइने!

वर्षको ६ पटकसम्म घरेलु मदिरा उत्पादन गर्न पाइने!

मकवानपुर: वर्षको ६ पटकसम्म तोकिएको मात्रामा घरेलु मदिरा उत्पादन गर्न पाइन आन्तरिक राजस्व कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८०को अवसरमा आन्तरिक राजस्व कार्यालय मकवानपुरले गरेको पत्रकारसँग अन्तरक्रियाको क्रममा वर्षको ६ पटकसम्म तोकिएको मात्रामा घरेलु मदिरा उत्पादन गर्न पाइन कार्यालयका कर अधिकृत गुणराज भण्डारी जानकारी दिए ।

कर अधिकृत भण्डारीका अनुसार चाडबाड, रीतिरिवाज र संस्कृतिका लागि वर्षको ६ पटक एकपटकमा ५ लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन पाईने छ ।

मदिरा उत्पादन गर्ने व्यक्तिले  त्यसको सूचना अन्त:शुल्क अधिकृतलाई दिनुपर्ने व्यवस्था रहेको पनि भण्डारीले बताए ।

घरेलु मदिरा उत्पादन गर्नेले वर्षभरिमा ३० लिटर मदिरा र ६० लिटर जाँड उत्पादन गर्न पाउँछन् । यो परिमाण हेर्दा इच्छुकहरूले दैनिक ८३ मिलिलिटर मदिरा र १ सय ६५ मिलिलिटर जाँड घरेलु रूपमा उत्पादन गरी खपत गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img