भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ९ पान्धारे स्थितमा प्रहरी चौकी पान्धारेबाट प्र.स.नि. अर्जुन कठेतको कमाण्डमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैंङ्गिक हिंसा बिरूद्ध १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । सो कार्यक्रममा टेम्केमैयुङ गाउँपालिका ९ का वडा अध्यक्ष नभराज माङ्पाहाङ , प्रहरी , विभिन्न संघ संस्थाका प्रतिनिधि , स्थानीय लगाएतको सहभागीता रहेको थियोे ।



