सुनसरी : आज सुनसरीको कोशी गाउँपालिका २ लौकहीमा मोटरसाइकलले दुई वर्षीया बालिकालाई ठक्कर दिँदा मू´त्यु भएको छ ।
आज सोमबार त्यस्तै पौने १२ बजेको समयमा लौकही भित्री सडक खण्डको उत्तर तर्फबाट दक्षिणतर्फ आउँदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशातर्फ जाँदै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई सडक नजिकै बसिरहेकी जहदा गाँउपालिका-७ कि वर्षीया वर्षा साह र उनीसँगै रहेकी २ वर्षीयाबालिका दीक्षा साहलाई ठक्कर दिँदा दुवैजना घाइते भएका थिय ।
घाइते दुवैजनालइ उपचारका लागि जिल्ला अस्पताल इनरूवा लगिएकोमा उसको उपचार क्रममा बालिकाको मु´त्यु भएको छ । घाइतेलाई थप उपचारको लागि विराटनगर पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ । घटनाको थप जानकारी आउन बाकि रहेको छ ।



