मोरङ / उर्लाबारी नगरपालिका -३ मंगलबारेमा आईतबार सचेत नागरिक समुहले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किरातीको पुत्लादहन गरेको छ।
बुधबार राजधानीमा आयोजित क्रिसमस फेस्टिभलको कार्यक्रममा शुभकामना दिने क्रममा मन्त्री किरातीले दिएको अभिव्यक्तीको विरोध गर्दै मंगलबारेका पिपलराज गिरी, समिर केसी, रेशु कटुवाल, प्रदिप दाहाल, विजय माझी, निरोज कार्की, खिलाराज भट्टराईलगायतको समुहले आज साँझ मन्त्री किरातीको पुत्लादहन गरेको हो ।
नागरिक समाजको उक्त समुहले साँझ ५ बजेदेखी मंगलबारे चोकबाट सुरु गरेको सो विरोध कार्यक्रम थापा चोक पुगेर पुन: मंगलबारे चोकमा फर्किएर मन्त्री किरातीको पुत्ला जलाएको थियो । उनीहरुले ८३ प्रतिशत भन्दा बढि हिन्दुहरुको बाहुल्यता भएको देशमा खुलेआम मन्त्री किरातीले चुनौती दिएको बताउदै मन्त्री किरातीको राजिनामा समेत माग गरेका छन् ।




