सुनसरी : नेपालीहरूको महान चार्डपर्व दशैं तिहार सकिए सगैँ उपत्यकामा हरियो तरकारीको अचाक्ली नै महँगो भएको छ । चार्डपर्वपछि पनि मुल्य घटेको छैन । अधिकांश तरकारीको मुल्य मगियो ( छोइनसक्नु ) भएको छ ।
कुनै तरकारीको मुल्य दुईवटा सातामा दोब्बरसम्म बढेको छ । कात्तिक ११ गते बिहीबार प्रतिकिलो ६५ रूपियाँमा बिक्रीवितरण भएको बोडी अहिले मूल्य बढेर बुधबार १३० रूपियाँसम्म पुगेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार हरियो सागको मूल्य दुई सय रूपियाँ किलो पुगेको छ साग मात्र होइन सबै हरियो तरकारीको मुल्य किलोको एक सय रूपियाँभन्दा बढी रहेको छ ।
कालिमाटीमा स्थानीय कालउी १२० रूपियाँ , टमाटर ८० रूपियाँ , भिण्डि एक सय , सिमि , एक सय ३० , घिरौंला ९० रूपियाँ , काँक्रो एक सय ४० , करेला एक सय २० , आलु ७१ रूपियाँ किलोमा बिक्री भएको छ ।
कालिमाटीको तुलनामा उपभोक्तले खरिद गर्ने खुला बजारमा अझै महँगो छ । तरकारी खुल्ला बजारमा किलोमै ५० रूपियाँ सम्म महँगो छ । खुल्ला बजारमा टमाटर एक सय ३० रूपियाँ किलो पुगेको छ । यो समाचार नेपाल टाइम्समा छापिएको छ ।



