काठमाडौं : पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोनाबाट निको हुनेको संख्या २२ करोड ८२ लाख निको हुने नाघेका छन् ।
पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार ३३७ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या २२ करोड ८२ लाख ४ हजार ५५० पुगेको छ ।यहि अवधिमा ५ लाख ५३ हजार १३८ जना संक्रमीत थपिएका छन् र ५ हजार ३५० को मू´त्यु भएको छ । मू´त्यु हुनेमा अमेरिकामा १,४९३ रूसमा १,२३९ ब्राजिलमा २६४ , बेलायतमा २१४ भने टर्कीमा २०३ जना रहेका छन् ।
थपिने संक्रमीत पनि अमेरिकाका धेरै छन् भने त्यहाँ एकैदिन ९४ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि पनि भएका छन् ।



