हेटौंडा- पर्यटकीयस्थलको रूपमा चिनिएको हेटौंडा-१८ मा रहेको हर्नामाडी कला प्रतिष्ठान, गुम्बाडाँडाको टोपोग्राफि नक्शा शुक्रवार हस्तान्तरण गरिएको छ।
राइट पाथ इन्जिनियरिङ कन्सल्टेन्सीको सर्वेक्षणमा तयार पारिएको नक्शा कन्सल्टेन्सीका प्रोपाइटर, इन्जिनियर मनिष अधिकारीले हेटौंडा उपमहानगरपालिका वडा नं १८ का अध्यक्ष अनिल कुमार बानियाँ, हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल र प्रतिष्ठानका परिकल्पनाकार लक्ष्मण भुजेललाई संयुक्त रुपमा हस्तान्तरण गरे।
श्री ज्योति सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा तयार पारिएको नक्शा इन्जिनियर सुवास पौडेलले सर्वेक्षण गरि सहजीकरण गरेका थिए ।
टोपोग्राफि नक्शाले यो क्षेत्रको भूभाग र उचाइ सहित भौगोलिक विशेषता देखाउने भएकोले पर्यटकलाई क्षेत्र अध्ययनमा सहज हुने प्रतिष्ठानका अध्यक्ष रम्तेलले बताए। भूवैज्ञानिकले क्षेत्रको भूविज्ञान बुझ्न पनि यस्ता नक्शाहरू बनाउने गरेको उनको भनाइ छ।
पछी बन्ने भौतिक संरचनालाई मुर्त रुप दिन टोपोग्राफि नक्शाले सहयोग पुग्ने साथै पर्यटकीय क्षेत्रकोअध्यनमा सहयोग पुग्ने प्रोपाइटर, इन्जिनियर अधिकारीले बताए ।
गुम्बाडाँडा
मकवानपुरको पर्यटकिय स्थलको रुपमा प्रसिद्व रहेको गुम्बाडाँडा ५ दशमलव ६७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । गुम्बा डाँडा हेटौँडाबाट करिब १७ किमि दक्षिणपूर्वमा छ । वनमा घाँस दाउरा, सोत्तर अनि गाईवस्तु चराउने स्थान बनिरहेको अवस्थामा २०४० सालमा हर्नामाडीका स्थानीय बासिन्दा र वन कार्यालयका प्रमुखको नेतृत्वमा उत्तम डाँडाको संरक्षण तथा सम्वद्र्धन कार्य भएको हो ।

२०५२ सालमा त्यहाँ रिह्रो गुम्बाको स्थापना भयो । त्यस पश्चात २०६३ सालमा सल्लाघारी—पर्या पर्यटकीय पार्क स्थापना भयो । गणतन्त्र आईसकेपछि, वडाबाट सर्वदलिय सबैको पहलमा सल्लाघारीमा प्रतिक्षलयको व्यवस्था देखि लिएर हरेक कार्यको विकास हुन लाग्यो । त्यहीँ नाममा २०६६ सालमा हर्क रम्तेलको नेतृत्वमा सल्लाघारी अघि बढ्यो र २०७३ साल हर्नामाडी कला प्रतिष्ठान, गुम्बाडाँडा भन्ने नाम स्थापना गरियो । अहिले गुम्बा डाँडामा २०४० सालमा लगाईएको सल्ला र २०६३ सालमा लगाईएको बोटविरुवाहरु धेरैजसो देख्न सकिन्छ ।
चूरे फेदिबाट चिरीएको समथर बाटो, बाटो छेउका पातला बस्ती । तराई र पहाडका मिश्रण झल्कने घरहरू यहाँका विशेषता हुन् । यहाँको साइकल यात्राको अनुभव बेजोड छ, विर्सन सकिँदैन । रामधुनी चोकबाट दायाँ करिब एक किमि उकालो लागे डाँडा पुगिन्छ । यहाँ विभिन्न देशका कलाकारहरूले ढुँगामा मूर्ति कुँदिएका छन् ।



