सुनसरी : झापाको कमल गाउँपालिका-५ स्थित पुर्वपश्चिम राजमार्गअन्तर्गत लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
मूत्यु हुनेमा कमल-५ का २४ वर्षीय डिल्लीराम शाही रहेका छन् । हिजो बिहीबार अपरान्ह दुर्घटना भएर घाइते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा आज बिहान मूत्यु भएको इलाका प्रहरी कार्यलय दमकले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पुर्वबाट पश्चिमतर्फ आँउदै गरेको मोटरसाइकल नम्बर प्र १-०२- ०४१ प २०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहीको टाउकोमा चोट लागेको थियोे भने आज बिहान मू´त्यु भएको छ ।
सो मोटरसाइकलमा पछाडि सवार घाइते भएका इटहरी-२० का २५ वर्षीय रूपम तामाङको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।



