देशकोशी प्रदेशइटहरीमा हात्तीले मोटरसाइकल लछारपछार पार्दा एक जना घाइते

इटहरीमा हात्तीले मोटरसाइकल लछारपछार पार्दा एक जना घाइते

इटहरी- इटहरीमा जंगली हात्तीले मोटरसाइकल लछारपछार पार्दा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा इटहरी ४ बस्ने ४२ वर्षीय गणेश लिम्बु रहेका छन् । बुधबार राति साढे १२ बजेतिर इटहर २० पानिपिया जंगलस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको मे ९ प ६५७४ नम्बरको मोटरसाइकललाई जंगली हात्तीले लछारपछार पारेको राजमार्ग सुरक्षा तथा कोशी प्रदेश ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले जनाएको छ ।

तरहरादेखि तीन किलोमिटर उत्तरमा हात्तीले मोटरसाइकल लछारपछार पार्दा मोटरसाइकल सडकमा पल्टिएको थियो, जसमा मोटरसाइकल चालक लिम्बु सामान्य घाइते भएका थिए । उनलाई उपचारका लागि बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img