समाजन जनता नै सुरक्षित छन् , न त हिमपात नै

न जनता नै सुरक्षित छन् , न त हिमपात नै

काठमाडौं : हिमपहिरो एभेलेन्ज वा ग्लेसियर पग्लियर अप्रत्यासित ठुलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले आौंल्याएका छन् ।

अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदिको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्युनिकरणका लागि भएकाले जोखिम न्युनिकरणका लागि सरोकारवालाले निरन्तर आवाज उठाउँदै आइसकेका छन् ।

हिमताल फुट्ने , हिमपहिरो जानेजस्ता विभिन्न कारणले मानव बस्तीमा विपत्ति आइलाग्ने गरेका छन् । हिउँ पग्लिशएर बनेका हिमताल कुनै पनि समय फुट्न सक्छन् ।

त्यसवरिपरि पहिरो गएको अवस्थामा पनि ठुलो बाढीको सम्भावना पनि रहन्छ । लामो समय जम्मा भएर बसेको पानी एकैपटक विस्फोट हुँदा त्यसले संकट निम्त्याउने गर्दछ । हिमतालमा हिमपहिरो खसेपछि पनि यस्तै बाढीको सम्भावना रहन्छ ।

हिउँका ठुला ढिक्का वा ढुंगासहितको पहिरोले तालको पानी उछालेर बन्ने बाढिको स्वरूप लिने गर्छ । हिमाल स्रोत भएको वा हिउँ पग्लिएर बनेका हिमताल र हिमनदीको घरको रूपमा परिचित नेपालमा पनि यस्तो समस्याको ठुलो सम्भावना प्रती विज्ञहरूले सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img