सुनसरी: आज धनकुटाको पाख्रीवास नगरपालिका – ८ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मू´त्यु भएको छ ।
मू´त्यु हुनेमा धनकुटाको पाख्रीवास – ७ थाक्लेका २४ वर्षीय टेक बहादुर तामाङ रहेका जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
पाख्रीवास देखि मुगा तर्फ जाँदै गरेको को २ त १०४३ नम्बरको ट्याक्टर पाख्रीवास -८ जलदेवि मन्दिर भन्दा केही माथि आज दिउँसो साढे २ बजे तिर आफै अनियन्त्रित भइ ट्याक्टर पल्टिएर किच्दा ट्याक्टरका सहचालक तामाङको मू´त्यु भएको छ ।
मूतकको शव घटना स्थलमै रहेको र कानुनी प्र प्रक्रियाका लागि घटना स्थल तर्फ अहिले जिल्ला र इलाका प्रहरी कार्यलयका प्रहरीले टोली गएका जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।



