देशबागमती प्रदेशआमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ

spot_img

मकवानपुर | मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार ५० वर्षीया ज्ञानी माया गमालको हत्याको आरोपमा २६ वर्षीय छोरा मिलन गमाललाई पक्राउ गरिएको हो। फागुन ३० गते बिहान घरको ढोका बन्द रहेको र ज्ञानी मायाको शव खाटमा सुतिरहेको अवस्थामा फेला परेपछि थप अनुसन्धानको क्रममा मिलनले नै घरायसी विवादका कारण आमाको हत्या गरेको खुलेको छ।

इलाका प्रहरी कार्यालय पालुङले थाहा नगरपालिका १० बाट मिलनलाई नियन्त्रणमा लिएको छ भने अरु थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट शव बरामद गरी परीक्षणका लागि शिक्षण अस्पतालमा पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img