शिक्षाचिट चोर्न प्रयोग भएको ३ हजार मोबाइल विद्यार्थीलाई फिर्ता

चिट चोर्न प्रयोग भएको ३ हजार मोबाइल विद्यार्थीलाई फिर्ता

रौतहट । भर्खरै सम्पन्न भएको एसईई परीक्षामा विद्यार्थीले चिट चोर्न प्रयोग गरेका मोबाइल फोनहरू सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको छ।

यस वर्षको एसईई परीक्षामा रौतहटमा डिजिटल चिट चोरी व्यापक रूपमा देखिएको थियो। यसैलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले विभिन्न परीक्षा केन्द्रबाट करिब ३ हजार मोबाइल बरामद गरेको थियो। बरामद गरिएका ती मोबाइल फोनहरू शनिबार बसेको एक बैठकले सम्बन्धित स्थानमा रहेका विभिन्न प्रहरी चौकीहरू मार्फत सम्बन्धित विद्यार्थीलाई वितरण गरिएको छ।

रौतहटका विभिन्न परीक्षा केन्द्रमा विद्यार्थीले चिट चोर्न प्रयोग गरेका मोबाइल फोनहरू सुरक्षा निकायले बरामद गरेको थियो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका विभिन्न प्रहरी चौकीहरू मार्फत बरामद गरिएका ती मोबाइल फोनहरू सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको छ।

अघिल्ला वर्षहरूमा हुने एसईई परीक्षामा ब्ल्याकबोर्डमा लेखेर चिट चोर्ने प्रचलन रहेकोमा यस वर्ष मोबाइल मार्फत चिट चोरी गराइएको आरोप लागेको थियो। व्यापक डिजिटल चिट चोरी भएको भन्दै गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र प्रहरीले परीक्षा केन्द्रमै प्रवेश गरी ३ हजार मोबाइल बरामद गरेको थियो।

डिजिटल चिट चोरीमा अधिकांश निजी शैक्षिक संस्थाहरू संलग्न रहेको एक तथ्यांकले देखाएको छ। एक अभिभावकका अनुसार निजी विद्यालयमा महँगो शुल्क तिरेर पनि चिट चोराएर एसईई पास गराउनुभन्दा सरकारी विद्यालयमा पढाउनु फाइदाजनक छ। चन्द्रनिगाहपुरका केही निजी विद्यालयहरूले सेटिङ मिलाएर नै परीक्षा केन्द्र र कोठामा चिट चोराएको आरोप लागेपछि अभिभावकहरूको मन निजी विद्यालयप्रति कुन्ठित भएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img