विज्ञान/प्रविधिगुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना...

गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

काठमाडौं । गुगल क्रोमको प्रिमियम संस्करणको सेवा लिन प्रयोगकर्ताहरूले अब प्रति महिना ६ अमेरिकी डलर तिर्नुपर्ने भएको छ। गुगलले क्रोम ब्राउजरको नयाँ ‘इन्टरप्राइज प्रिमियम’ संस्करण सार्वजनिक गरेको छ, जुन ब्राउजरको सशुल्क संस्करण हो।

निःशुल्क संस्करणले प्रयोगकर्ताहरूलाई मालवेयर रोकथाम र साइबर आक्रमणहरूबाट बचाउनेछ भने क्रोम इन्टरप्राइज प्रिमियम संस्करणमा थप उन्नत सुरक्षा विशेषताहरू समावेश गरिएको छ। यस सशुल्क संस्करणले प्रयोगकर्ताहरूलाई मालवेयर, स्पाइवेयर, फिसिङ आक्रमणलगायत विभिन्न साइबर आक्रमणहरूबाट पूर्ण डेटा सुरक्षा प्रदान गर्नेछ।

गुगलका अनुसार क्रोम इन्टरप्राइज प्रिमियम संस्करण मुख्य रूपमा संस्थागत प्रयोगकर्ता र उद्यमहरूलाई लक्षित गरिएको छ जसले डेटा सुरक्षाका लागि तेस्रो पक्षको सफ्टवेयरमा निर्भर हुनुपर्दछ। यो सेवाले ब्राउजर स्तरमै डेटा सुरक्षा उपकरणहरू प्रदान गर्नाले प्रयोगकर्ताहरूलाई अन्य एन्टिभाइरस वा एन्टि-मालवेयर एप्लिकेसनहरू डाउनलोड गर्नुपर्ने आवश्यकता हुनेछैन।

क्रोम इन्टरप्राइज प्रिमियममा स्वचालित अपडेट सुविधा समावेश गरिएको छ जसले नयाँ कमजोरीहरू, शंकास्पद एड-अनहरू लगायतका विरुद्ध सुरक्षा प्रदान गर्नेछ। साथै ब्राउजिङ अनुभवलाई सुरक्षित र विश्वसनीय बनाउन यसलाई गुगल वर्कस्पेससँग एकीकृत गरिएको छ।

निःशुल्क संस्करणमा डाटा हानी रोकथाम र गहन स्क्यानिङ जस्ता उन्नत सुरक्षा सुविधाहरू उपलब्ध नहुने गुगलले जनाएको छ। उद्यम तथा व्यवसायहरूले मात्र क्रोम इन्टरप्राइज प्रिमियमको सशुल्क संस्करण प्रति महिना $६ अमेरिकी डलरको दरले खरिद गर्न सक्नेछन्।

गुगलको यो नयाँ पहलले उद्यमहरूलाई प्रभावकारी डेटा सुरक्षा प्रदान गर्नुका साथै आम प्रयोगकर्ताहरूलाई पनि निःशुल्क रूपमा मालवेयर रोकथाम जस्ता बुनियादी सुविधाहरू उपलब्ध गराउने लक्ष्य राखेको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img