शिक्षाएसईई परीक्षाको नतिजा यसै हप्ता

एसईई परीक्षाको नतिजा यसै हप्ता

काठमाडौं | २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यसै हप्ताभित्रमा प्रकाशन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशनको तयारी थालेको छ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार, नतिजा प्रकाशनको अन्तिम चरणमा रहेको र यसै हप्ता टुंगो लगाउने योजना रहेको छ। रुजु, प्रोसेसिङ र सिस्टममा इन्ट्री गर्ने काम बाँकी रहेको उनले जानकारी दिए।

यस वर्षको नतिजामा केही महत्वपूर्ण परिवर्तनहरू गरिएको उनले बताए । सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको नतिजा छुट्टाछुट्टै प्रकाशन गरिनेछ। सैद्धान्तिक परीक्षामा ७५ अङ्कमध्ये कम्तीमा ३५ प्रतिशत (२७ अङ्क) ल्याउनु अनिवार्य हुनेछ। ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा ‘नट ग्रेडेड’ उल्लेख गरिनेछ र विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउने छैनन्। प्रयोगात्मक परीक्षामा ४० प्रतिशत अङ्क ल्याउनुपर्नेछ।

यी नयाँ नियमहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार लागू गरिएका हुन्। विद्यार्थीहरूले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img