भोजपुर | भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ६३ करोड २५ लाख ९९ हजार १ रुपैयाँको बजेट पारित गरेको छ। नवौँ नगर सभामा नगरप्रमुख कैलाश कुमार आलेले प्रस्तुत गरेको यो बजेट बहुमतले पास भएको हो।
नयाँ बजेटमा कोल्ड स्टोर सञ्चालन, कृषि बजार व्यवस्थापन, पशु बिमा तथा स्वास्थ्य शिविर, गुणस्तरीय शिक्षा र दिवा खाजा कार्यक्रम समावेश छन्। साथै, दलित विद्यार्थीलाई एमबिबिएस अध्ययन सहयोग, निःशुल्क स्वास्थ्य बिमा र एम्बुलेन्स सेवा, सडक स्तरोन्नति र सौर्य बत्ती जडान, खानेपानी र ढल व्यवस्थापन, पर्यटन प्रवर्द्धन र युवा उद्यमशीलता जस्ता कार्यक्रमहरू पनि समेटिएका छन्।
नगर उप-प्रमुख निर्मला शेर्पाले आर्थिक विधेयक २०८१ प्रस्तुत गरेकी थिइन्, जुन पनि पारित भएको छ। नगरप्रमुख आलेले सबै सरोकारवालाहरूलाई नगरको विकास र समृद्धिका लागि योगदान गर्न आग्रह गरेका छन्।