देशकोशी प्रदेशसुनसरी र मोरङमा पानीमा डुबेर दुईजनाको मृत्यु

सुनसरी र मोरङमा पानीमा डुबेर दुईजनाको मृत्यु

सुनसरी | सुनसरी र मोरङमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ । सुनसरीको रामधुनी ८ काली झोडाका डेढ वर्षीय साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको छ ।

घर नजिकै नहरको पानीमा खेल्ने क्रममा डुबेको अवस्थामा आफन्तले फेला पारी उपचारार्थ इनरुवा अस्पताल लगेकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी मोरङको पथरीशनिश्चरे ७ का धनराज गिरीको पथरी खोलामा नुहाउने क्रममा मृत्यु भएको छ । ४६ वर्षीय गिरी पानीमा डुबेको अवस्थामा स्थानियले फेला पारी उपचारको लागि स्थानीय मंगलबारे अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए ।दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img