Wednesday, May 14, 2025
समाजमदिरा खान गएका होटल संचालिकाको कुटपिटबाट मृत्यु, होटल सञ्चालिका पक्राउ
spot_img

मदिरा खान गएका होटल संचालिकाको कुटपिटबाट मृत्यु, होटल सञ्चालिका पक्राउ

spot_img

विराटनगर | होटल संचालिकाको कुटपिटबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ ।
विराटनगर १९ बैजनाथपुरका ५० वर्षीय बिरबल गोसाइको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । उनी कुटपिटबाट घाइते भएका थिए । उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो ।

बिरबललाई विराटनगर १९ बैजनाथपुरमा होटल संचालन गर्ने ३५ वर्षीय तीलादेवी ऋषिदेवले कुटपिट गरेको आरोप छ । बिरबलको मृत्यु भएपछि होटल संचालिका ऋषिदेवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए।

शनिबार साँझमा मदिरा खान तिलादेवीको होटलमा बिरबल पुगेको स्थानीयले बताएका छन् । तेही बीचमा उनीहरुबीच भनाभन भएको थियो । आवेगमा आएकी तिलादेवीले बीरबललाई आक्रमण गरी घाइते बनाएका थिए । उनको शरीरमा चोटपटक पनि लागेको छ ।

घाइते भएका विरबल आइतबार बिहान अचेत अवस्थामा भेटिएका थिए । स्थानीयले उनलाई कोशी अस्पताल लिएर आएका थिए । आइतबार दिउँसो उपचारको क्रममा बिरबलको मृत्यु भएको अस्पतालले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img

spot_img