समाजरामबहादुर बम्जनलाई १० वर्ष कैद

रामबहादुर बम्जनलाई १० वर्ष कैद

spot_img

सर्लाही | बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जन दोषी ठहर भएका छन । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार यो फैसला सुनाएको हो।

फैसला अनुसार, बम्जनलाई १० वर्षको कैद सजाय तोकिएको छ। साथै, उनले पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।

यस अघि गत असार १० गते न्यायाधीश भण्डारीकै इजलासले बम्जनलाई कसुरदार ठहर गरेको थियो। आजको फैसलाले सजायको मात्रा तोकेको हो।

जिल्ला सरकारी वकिल कार्यालयले बम्जन विरुद्ध १२ देखि १४ वर्षसम्मको कैद सजायको माग गरेको थियो।

बम्जनलाई गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठबाट सीआईबीको टोलीले पक्राउ गरेको थियो। हाल उनी महोत्तरी कारागार जलेश्वरमा रहेका छन्।

यो मुद्दाको सुरुवात २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा परेको जाहेरीबाट भएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img