देशबागमती प्रदेशबाढी पीडितलाई सहयोग गर्न कांग्रेसको आह्वान

बाढी पीडितलाई सहयोग गर्न कांग्रेसको आह्वान

हेटौँडा | नेपालमा गत जेठ २८ गतेदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढीपहिरो जस्ता प्राकृतिक विपद्मा परी देशभर ८८ जनाको मृत्यु भएको छ। बागमती प्रदेशमा मात्रै ६ जनाले ज्यान गुमाएका छन्। यस घटनाप्रति नेपाली कांग्रेस बागमती प्रदेशले गहिरो दुःख व्यक्त गरेको छ।

नेपाली कांग्रेस बागमती प्रदेशले आफ्ना नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय सहभागी हुन अपिल गरेको छ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जारी गरेको विज्ञप्तिमा आफ्ना सदस्यहरूलाई प्रभावित जिल्लाका सबै स्थानहरूमा पुगी उद्धार तथा राहत कार्यमा सहयोग गर्न, सरकारी संयन्त्रलाई विशेष सहयोग प्रदान गर्न र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गर्न आग्रह गरेका हुन् ।

साथै, सरकारलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत टोली खटाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन र घाइतेहरूको उचित उपचारको व्यवस्था मिलाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img