हेडलाईनकाठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो

काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन नजिकै त्रिशूली नदिमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार एक जनाको भने एक घाइते अवस्थामा उद्धार गरिएको छ।

काठमाडौंबाट पोखरा जाँदै गरेको ना२च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै १०० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरी जनाएको छ । राति करिब साढे १२:३० बजे कार नदिमा खसेको थियो ।

दुर्घटनामा परेर बेपत्ता हुनेमा पोखरा महानगरपालिका-७ का अन्दाजी ५५-६० वर्षीय प्रेम भुजेल, ५५-६० वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षीया ईश्वी भुजेल रहेको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले राति देखिनै बेपत्ताको खोजी कार्य तीव्र पारेको छ। उद्धार गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img