समाजसेवाग्राहीसँग नम्र व्यवहार गर्ने पुरस्कृत

सेवाग्राहीसँग नम्र व्यवहार गर्ने पुरस्कृत

करदाता सेवा कार्यालय गाईघाटमा कार्यरत एक कर्मचारी १०औं राष्ट्रिय कर दिवस २०७८ को अवसरमा पुरस्कृत भएका छन् । करदाता सेवा कार्यालय गाईघाटमा कार्यरत रेखबहादुर मगर उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको हो । 

दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय लहानमा आयोजित कार्यक्रममा मगर पुरस्कृत भएका हुन् । मगरको उत्कृष्ट काम मात्र नभई सेवाग्राहीमैत्री व्यवहार र नम्र बोली भएकाले पुरस्कृत गरिएको कार्यालयले जनाएको छ ।

उक्त अवसरमा उदयपुर जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने सूचिमा नवीन निरौला परेका छन् । उनी पनि पुरस्कृत भए । १०औं राष्ट्रिय कर दिवस २०७८ सप्ताह कार्यक्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img