Thursday, March 27, 2025
समाजप्रहरीको वान टन दुर्घटनामा २४ प्रहरी घाइते

प्रहरीको वान टन दुर्घटनामा २४ प्रहरी घाइते

जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरको प्रहरीको बा१ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका- ७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् । कटारीबाट गाईघाट आउँदै गरेको वान टन ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट-नेपालटार खण्डमा साँझ ८ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ओरालोमा वन टनको ब्रेक फेल भएर पल्टिएको जनाइएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् भने २१ जना सामान्य घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् । बस्ती अगाडि दुर्घटना भएकाले स्थानीयबासीले उद्धार गरी जिल्ला अस्पताल गाईघाट पठाएको स्थानीय होमबहादुर बस्नेतले बताए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img