समाजझापामा डेंगी संक्रमणबाट शिक्षीकाको मृत्यु

झापामा डेंगी संक्रमणबाट शिक्षीकाको मृत्यु

झापा | झापाको हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एक जना शिक्षीकाको मृत्यु भएको छ ।

हल्दिबारी ३ मा रहेको चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ बर्षिय शिक्षीका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा आज दिउसो मृत्यु भएको परिवारजनले बताएका छन् ।

बिगत १३ बर्ष देखी चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा शिक्षण पेशामा रहेकी स्वर्गीय दाहालका श्रीमान् र एक छोरा, एक छोरी रहेका छन् । उनको प्रर्थिक शरिरलाई आज हल्दिबारी ४, मणीपुरे टोलबाट दाहासंस्कारको लागि देउनिया घाट रंगेडाँडा लगिने परिवारजनले बताएका छन् ।

सामान्य ज्वरो आएर उपचालको लागि मेचि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुदैं थप उपचारको लागि विएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img