समाजहेटौंडामा 'ग्याल्बो राजा' को विशेष प्रदर्शन

हेटौंडामा ‘ग्याल्बो राजा’ को विशेष प्रदर्शन

हेटौंडा | हेटौंडाको चलचित्र प्रेमीहरूका लागि रोमाञ्चक खबर आएको छ। तामाङ र नेपाली भाषामा निर्मित चलचित्र ‘ग्याल्बो राजा’ को तीन दिने विशेष प्रदर्शन हुन लागेको छ।

आगामी असोज १७, १८ र १९ गते हुने यो प्रदर्शनमा दर्शकहरूले दुवै भाषामा चलचित्र हेर्ने मौका पाउनेछन्। १७ र १९ गते तामाङ भाषामा र १८ गते नेपाली भाषामा चलचित्र देखाइने शनिबार आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक विनायक तामाङले  जानकारी दिए।। प्रदर्शन समय क्रमशः बिहान ९ बजे, मध्यान्ह १२ बजे र फेरि बिहान ९ बजे तोकिएको छ।

‘ग्याल्बो राजा’ एक सामाजिक चलचित्र हो, जसले ग्रामीण क्षेत्रमा दलित र तामाङ समुदायबीचको अन्तरजातीय प्रेम कथालाई चित्रण गरेको छ। चलचित्रमा अर्जुन गुरुङ, विनायक तामाङ, संगीता तितुङ लगायत धेरै प्रतिभाशाली कलाकारहरूले अभिनय गरेका छन्।

निर्माता संगीता तितुङका अनुसार चलचित्र निर्माणमा करिब २० लाख रुपैयाँ खर्च भएको छ। उनले चलचित्रको गुणस्तरप्रति आश्वस्त हुँदै यसको दोस्रो भाग पनि बन्न सक्ने सम्भावना व्यक्त गरिन्। विशेष प्रदर्शनको टिकट मूल्य ३०० रुपैयाँ तोकिएको छ।

चलचित्र मकवानपुर र काठमाडौंका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ र यसको राष्ट्रिय रिलिज कार्तिक ९ गते हुनेछ। निर्देशक तामाङको यो ११औं निर्देशन हो, जसले यसअघि ‘सेमला दुङ्गाल’, ‘ज्योज्यो आले’ जस्ता चलचित्रहरू निर्देशन गरिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img