समाजपहिरोले घर पुर्दा पाँचथरमा आमा छोरीको निधन

पहिरोले घर पुर्दा पाँचथरमा आमा छोरीको निधन

पाँचथर | पाँचथरको फिदिम नगरपालिका ४ गडी स्थित चिसापानीमा घर माथिदेखि पहिरो खस्दा आमा छोरीको मृत्यु भएको छ ।

आदिवासी जनजाति महासङ्घको भवन स‘गै रहेको घरमा सुतिरहेका बखत खसेको पहिरोले पुर्दा फिदिम १२ की २४ वर्षीया सपना र उनकी ५ बर्षीया छोरी डोल्मा सेर्पाको घटनास्थलमै ज्यान गएको हो ।
उनीहरू फिदिम ४ मा डेरा बस्दै आएका थिए ।

साथीको घरमा सुत्न आएका बखत उनीहरूलाई पहिरोले पुरेको हो । त्यहाँ रहेका ३ जना भने भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बिहान साढे तीन बजे पहिरो खसेको स्थानीयले बताएका छन् । मृतक आमा छोरीको शव प्रहरीले पहिरोबाट झिकेको छ । पहिरोले आदिवासी जनजाति महासङ्घ पाँचथरको भवन पनि पुरेको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img