समाजसिन्धुलीको खुर्कोटमा तत्काल बेलिब्रिज जडान गर्न सांसद श्रेष्ठको ध्यानाकर्षण

सिन्धुलीको खुर्कोटमा तत्काल बेलिब्रिज जडान गर्न सांसद श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा। बागमती प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठले सिन्धुलीको खुर्कोट क्षेत्रमा बेलिब्रिज जडान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेटौंडामा मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेर उनले खुर्कोटमा सुनकोसी नदीले बगाएको पुलको स्थानमा बेलिब्रिज जडान गरी यातायात पुनः सञ्चालन गर्न आग्रह गरे।

सुनकोसी नदीले बगाएको पुलका कारण स्थानीय आवतजावत पूर्णरूपमा अवरुद्ध भएको जनाउँदै सांसद श्रेष्ठले प्रदेश सरकारलाई तत्काल पहल गर्नुपर्नेमा जोड दिए। उनले विपद् व्यवस्थापनका लागि तत्काल, मध्यमकालीन र दीर्घकालीन योजनाहरू अघि सार्दै समस्या समाधानको लागि प्रभावकारी कदम चाल्न आग्रह गरे।

उनका अनुसार तत्काल उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउँदै जोखिममा परेका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्नुपर्नेछ। साथै, पानीको व्यवस्था, स्वास्थ्य सेवा र अस्थायी बसोबासका प्रबन्धहरू पनि तत्काल गरिनुपर्नेमा उनले जोड दिए।

मध्यमकालीन योजनामा क्षतिग्रस्त पूर्वाधारहरूको पुनः सञ्चालनका लागि बेलिब्रिज र वैकल्पिक मार्गहरूको व्यवस्था आवश्यक रहेको जनाउँदै दीर्घकालीन रूपमा नदी किनारमा रहेका बस्तीहरूको पुनर्स्थापना र सुरक्षित आवासका लागि योजना तयार गर्नुपर्ने उनले सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img