बागमती प्रदेशमकवानपुर१६२ किलो ५८० ग्राम लागुऔषध गाँजा सहित १ जना पक्राउ
spot_img

१६२ किलो ५८० ग्राम लागुऔषध गाँजा सहित १ जना पक्राउ

हेटौंडा | मकवानपुर प्रहरीले आइतबार एक व्यक्तिलाई ठूलो परिमाणमा लागूऔषध गाँजासहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१२ का २९ वर्षीय किरण वाग्ले रहेका छन्।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित पूर्व-पश्चिम लोकमार्गमा चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३-०१-०२४ च ६३६१ नम्बरको योद्धा पिकअप गाडीको चेकजाँच गर्दा गाडीको पछाडि भागमा खाली प्लास्टिकको क्रेटहरू मुनि लुकाइराखेको अवस्थामा १६२ किलो ५८० ग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु आर्यालले बताए।

प्रहरीले गाडी, गाँजा र चालक वाग्लेलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img