समाजकोशी प्रदेशका सिमेन्ट उद्योग संकटमा

कोशी प्रदेशका सिमेन्ट उद्योग संकटमा

इटहरी | कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङ्कर नहुँदा सञ्चालन संकटमा परेका छन्। प्रदेशका १५ सिमेन्ट उद्योगमध्ये धनकुटाको निगाले सिमेन्ट र उदयपुरको उदयपुर सिमेन्ट उद्योगबाहेकका अन्य उद्योगहरूले क्लिङ्कर आयात गरी ग्रान्डिङ गरेर उत्पादन गर्ने गरेका छन्।

क्लिङ्कर खरिदमा महँगो खर्च गर्नुपर्ने भएकाले केही उद्योग पूर्ण रूपमा बन्द भएका छन् भने केही उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। मोरङमा चार, झापामा आठ, सुनसरीमा एक, उदयपुर र धनकुटामा एक-एक गरी कोशी प्रदेशमा १५ सिमेन्ट उद्योग छन्। तीमध्ये मोरङका अल्ट्राटेक र अन्नपूर्ण सिमेन्ट उद्योग बन्द भएका छन्। झापाका आठ उद्योगमध्ये तीन पूर्ण रूपमा बन्द छन् भने पाँच उद्योगको उत्पादन क्षमता २५ प्रतिशतमा झरेको उद्योगीहरूले बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष तथा अन्नपूर्ण सिमेन्ट उद्योगका सञ्चालक राजेन्द्र राउतका अनुसार आफ्नै क्लिङ्कर नहुँदा ठुलो लगानी भएका उद्योग पनि बन्द हुने स्थितिमा पुगेका हुन्।

देशभरका २१ सिमेन्ट उद्योगले मात्र आफ्नै क्लिङ्कर उत्पादन गर्छन्। खपत कम भएका बेला यिनै उद्योगको उत्पादनले माग धानिरहेका कारण सरकारले ग्रान्डिङ प्लान्ट सञ्चालन गर्ने उद्योगहरूको मागलाई खासै सम्बोधन गरेको छैन।

सुनसरी-मोरङ औद्योगिक कोरिडोरअन्तर्गतको अल्ट्राटेक सिमेन्ट उद्योग डेढ वर्षदेखि बन्द रहेको छ। उद्योगका सञ्चालक मनिष मारुका अनुसार, “सरकारले पुँजीगत खर्च बढाएर खपत वृद्धि गर्न सके अहिलेको उत्पादनले थेग्न सक्दैन। तर, पुँजीगत खर्चको अभावले पूर्वाधार निर्माणका काम न्यून मात्रामा भइरहेका छन्।”

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img