Friday, July 18, 2025
समाजनेपाली विद्यार्थीको क्यानाडामा सडक दुर्घटनामा मृत्यु

नेपाली विद्यार्थीको क्यानाडामा सडक दुर्घटनामा मृत्यु

spot_img

कोशी |  क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थी सचिना श्रेष्ठको मृत्यु भएको छ। फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षीया श्रेष्ठलाई ८ डिसेम्बरको साँझ करिब ८ बजे ट्रकले ठक्कर दिएको थियो। कुहिरो लागेका बेला सडक पार गर्ने क्रममा उनी दुर्घटनामा परेकी थिइन्।

दुर्घटनामा गम्भीर घाइते भएकी श्रेष्ठको टाउकोमा चोट लागेको र मस्तिष्क सुन्निएको चिकित्सकहरूले बताएका थिए। स्थानीय भिक्टोरिया हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार गरिए पनि सुधार नआएपछि डिसेम्बर २६ मा भेन्टिलेटर हटाइएपछि उनको मृत्यु भएको हो।

- Advertisement -

मृतक श्रेष्ठको पुर्ख्यौली घर भोजपुर बजार भए पनि हाल उनका परिवार काठमाडौंमा बस्दै आएका छन्। परिवारले उनकी आमा र बुवालाई लण्डन बोलाएपछि मात्रै भेन्टिलेटर हटाउने निर्णय गरिएको थियो। दाहसंस्कारका लागि आर्थिक अभाव रहेको पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img