समाजडोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, सात जना घाइते

डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, सात जना घाइते

दिपायल | डोटी जिल्लाको सायल गाउँपालिका–६, दल्लेखस्थित स्थानीय लहरी नागरीको घरमा बुधबार राति परेको चट्याङले एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।

चट्याङ लागेर ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो। सोही घटनामा मृतक कमलाका चार सन्तान घाइते भएका छन्। १० वर्षीया छोरी तारा नागरी, ८ वर्षीय छोरा अविशेक नागरी, ६ वर्षीय छोरा अबि नागरी र ३ महिनाका छोरा शङ्कर नागरी घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

यसैगरी, सोही ठाउँका ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय खुसी नागरी पनि चट्याङबाट घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको प्रहरी उपरीक्षक शर्माले बताए ।

घटनाले प्राकृतिक प्रकोपको जोखिम र सचेतनाको महत्वलाई फेरि उजागर गराएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img