हेटौँडा | मकवानपुरगढी गाउँपालिकामा घर सफा गर्ने क्रममा करेन्ट लाग्दा एक व्यक्तिको मृत्यु भएको छ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ सिमलटार निवासी ५५ वर्षीय भुमिनन्द तिमल्सिनाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
तिमल्सिना आफ्नै घरमा नियमित सरसफाइ गरिरहेकै समयमा अचानक विद्युतीय करेन्ट लागी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मृतक तिमल्सिनाको शव हाल हेटौंडा अस्पतालमा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी छ।
विद्युतीय सुरक्षाका विषयमा पर्याप्त सतर्कता नअपनाउँदा यस्ता दुर्घटना हुने सम्भावना उच्च हुने भएकाले सुरक्षा निकायले सावधानी अपनाउन अनुरोध गरेका छन्।



