अर्थ व्यापार६ महिनासम्म कर विवरण नबुझाउने ९५ हजारभन्दा धेरै करदाता निलम्बन

६ महिनासम्म कर विवरण नबुझाउने ९५ हजारभन्दा धेरै करदाता निलम्बन

काठमाडौं  | आन्तरिक राजस्व विभागले लगातार ६ महिनासम्म कर विवरण नबुझाउने ९५ हजारभन्दा धेरै करदाताको मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता एकसाथ निलम्बन गरेकाे छ ।

विभागले आइतबारसम्म दर्ता निलम्बनमा परेका ९५ हजार ३ सय ४९ जना करदाताको नाम वेबसाइटमार्फत सार्वजनिक गरेको हो । यससम्बन्धी सूचना भने विभागले हिजै गोरखापत्र दैनिकमा प्रकाशन गरिसकेको थियो ।

सूचनामा आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी कारोबार नियमित गर्न भनिएको छ । दर्ता निलम्बन गर्नुअघि विभागले उनीहरूलाई १५ दिने अल्टिमेटम दिएको थियो ।

दर्ता निलम्बन भएका करदाताले कर विवरण पेश गरी कारोबार नियमित गरेपछि निलम्बन हट्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img