समाजहेटौँडामा महिलाको आत्मदाह प्रयास, श्रीमान् समेत घाइते

हेटौँडामा महिलाको आत्मदाह प्रयास, श्रीमान् समेत घाइते

हेटौँडा | हेटौँडामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्। हेटौँडा उपमहानगरपालिका–१० मेनरोड बस्ने ३३ वर्षीया तारा श्रेष्ठले शनिबार राति शरीरमा मट्टितेल खन्याएर आगो लगाएकी हुन्।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार घरायसी विवादका कारण आत्मदाहको प्रयास भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

राति करिब ११ बजेतिर आगो लगाएकी तारालाई बचाउने क्रममा उनका श्रीमान् ४३ वर्षीय सुमन महर्जन पनि घाइते भएका छन्। प्रहरीका अनुसार ताराको शरीरको करिब ४० प्रतिशत भाग जलेको छ भने सुमनको दुवै हातमा गम्भीर रूपमा चोट पुगेको छ।

घटनापछि दुवै जनालाई तत्काल हेटौँडा अस्पतालमा उपचार गरिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित जलन उपचार केन्द्र पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img