मकवानपुरभीमफेदी गाउँपालिकाभीमफेदी गाउँपालिकाको ८५ करोडको बजेट सार्वजनिक

भीमफेदी गाउँपालिकाको ८५ करोडको बजेट सार्वजनिक

हेटौँडा | मकवानपुरको भीमफेदी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८५ करोड ४५ लाख ८७ हजार ९ सय ९८ रुपैयाँ २० पैसाको बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँसभामा अध्यक्ष हिदम लामाले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले कृषि उपज प्रशोधन केन्द्र स्थापना गर्ने योजना प्राथमिकतामा राखेको छ। अध्यक्ष लामाका अनुसार प्रशोधन केन्द्रले उत्पादनको मूल्यवृद्धि गर्दै स्थानीय कृषकलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ। रायोको साग, मुला, बन्दा, काउली लगायतका हरिया तरकारीको मूल्य सुनिश्चित गर्न प्रदेश सरकारको सहयोगमा केन्द्र निर्माण गरिनेछ।

नीति तथा कार्यक्रममा ऐतिहासिक भीमफेदी सहरलाई पुनर्जागृत गर्दै सांस्कृतिक सहरको रूपमा विकास गर्ने, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने योजना समावेश गरिएको छ। साथै, निजी क्षेत्रको लगानीमा केबलकार निर्माणका लागि सहजीकरण गर्ने भनिएको छ।

व्यावसायिक वातावरण सुधार गर्न पालिकाभित्र दर्ता हुने व्यवसायहरूलाई निःशुल्क दर्ता गरिने र लगानीमैत्री वातावरण बनाउन कानुनी सुधार गरिने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img