देशबागमती प्रदेशमुख्यमन्त्रीमा कांग्रेस नेता बानियाँको दाबी

मुख्यमन्त्रीमा कांग्रेस नेता बानियाँको दाबी

हेटौँडा | बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सोमबार मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा उनले दाबी पेस गरेका हुन्।

बानियाँले कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनसहितको पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई बुझाएका छन्।

प्रदेश प्रमुख कार्यालयले संविधानको धारा १६८(२) अनुसार मङ्गलवार दिउँसो २ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img