देशबागमती प्रदेशबागमती प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

हेटौँडा | बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएका चार वटा विधेयक आइतबार प्रमाणीकरण गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम तीन विधेयक र उपधारा (४) बमोजिम एक विधेयक प्रमाणीकरण गरिएको हो। प्रमाणीकरणमा परेका विधेयकमध्ये प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ को संशोधन विधेयक, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को संशोधन विधेयक तथा प्रदेश कृषि विकाससम्बन्धी नयाँ विधेयक रहेका छन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सर्पिकोटाले यी विधेयकहरूले औद्योगिक, व्यापारिक, स्वास्थ्य र कृषि क्षेत्रका कानुनी संरचना सुदृढ गर्दै प्रदेश विकासको मार्गचित्रलाई अझ स्पष्ट बनाउने विश्वास लिइएको बताए। संविधान बमोजिम प्रदेश प्रमुखले प्रदेश सभाबाट पारित विधेयकमा समयमै प्रमाणीकरण गर्दै आएका छन्। नयाँ संशोधनहरूसँगै यी ऐनहरू अब कार्यान्वयनको चरणमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img