समाजधरौटीमा दुर्गा प्रसाईँ रिहा

धरौटीमा दुर्गा प्रसाईँ रिहा

काठमाडौं | उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सोमबार डिल्लीबजार कारागारबाट रिहा भएका छन्। कारागार प्रशासनले अदालतको आदेशअनुसार धरौटी रकम बुझाइसकेपछि प्रसाईँलाई रिहा गरेको हो।

कारागार गेटबाट निस्कँदा प्रसाईँ सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिन खोजे पनि प्रहरी अधिकारीले उनी चढेको गाडीलाई अघि बढाएका थिए।

उनलाई १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा धरौटीमा छाड्ने आदेश भएको हो। उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी तोकेका थिए। क्यान्सर रोगबाट पीडित भएको पक्षलाई समेत मध्यनजर गर्दै अदालतले उनलाई थुनामुक्त गर्ने आदेश दिएको हो।

सोमबार नै न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले १५ चैतमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा पनि ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। यसअघि जिल्ला अदालत काठमाडौंले प्रसाईँविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसपछि उनी डिल्लीबजार कारागारमा रहेका थिए।

अदालतको आदेशपछि धरौटी बुझाएर प्रसाईँ सोमबार बेलुकी रिहा भएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img