बागमती प्रदेशमकवानपुरराप्रपा मकवानपुर–१ को अध्यक्षमा थापा

राप्रपा मकवानपुर–१ को अध्यक्षमा थापा

हेटौँडा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को अध्यक्षमा उमेश थापा निर्वाचित भएका छन्।

शनिबार हेटौँडामा सम्पन्न क्षेत्रीय अधिवेशनले थापाको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति गठन गरेको हो। नयाँ नेतृत्वले पार्टीलाई मजबुत बनाउन, संगठन विस्तार गर्न र युवालाई अघि ल्याउने प्रतिबद्धता जनाएको छ।

निर्वाचित कार्यसमितिमा रामप्रसाद कोईराला, कबिन्द्र भट्टराई, मुरारी पौडेल, चमेली माया घिसिङ लामा, सुदिप शाक्य, माया राना, संगिन श्रेष्ठ, विकास दुलाल, नारायण अधिकारी, भिमा कुमारी सापकोटा, विवेक बिक्रम साह, किशोर केसी खत्री, लोकनाथ चौलागाईं, सरोज गजुरेल र इन्द्र बानिया छन्।

अध्यक्ष थापाले आफ्नो कार्यकालमा पार्टीको नीति–कार्यक्रमलाई जनतासम्म पुर्‍याउने र क्षेत्रीय संगठनलाई सबल बनाउन प्राथमिकता दिने बताए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img