समाजसानोपोखरामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

सानोपोखरामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

मकवानपुर | वडा प्रहरी कार्यालय सानोपोखरा, हेटौँडाको आयोजनामा शुक्रबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। स्थानिय समाजसेवी माधव अधिकारीको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक धर्मराज खत्रीले वडा प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरेका कार्य विवरण प्रस्तुत गर्दै नागरिकका प्रश्नको जवाफ दिएका थिए। उनले वडा प्रहरी मातहतका क्षेत्रको सुरक्षा कायम गर्न कुनै कसुर नछाड्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा ४ का अध्यक्ष नविन सिग्देल, वडा ५ का अध्यक्ष सुशिल घिमिरे, वडा २ का सदस्य इन्द्र रिजाल, स्थानीय व्यवसायी, विद्यालयका शिक्षक प्रतिनिधि र टोल विकास समितिका प्रतिनिधिहरूले सुरक्षा चुनौती र अन्य सरोकारका विषयमा आफ्नो सुझाव प्रस्तुत गरेका थिए।

नागरिक सुनुवाई कार्यक्रममा वडा सदस्य गिता त्रिपाठी, राम बहादुर राई, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका प्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणको पनि सहभागिता रहेको थियो। वडा प्रहरी कार्यालय सानोपोखराले विगत दुई वर्षदेखि हेटौँडा ४ हुप्राचौर डाटा सेन्टर नजिकै आफ्नै भवनबाट नियमित सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img