निर्वाचननिर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागिता सुनिश्चित गर्न फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकारलाई प्रस्ताव गरिएको हो।

उनका अनुसार, “हामीले फागुन २१, २२ र २३ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेका छौँ। स्वीकृत गर्ने–नगर्ने निर्णय सरकारको अधिकार क्षेत्रभित्र पर्छ।”

यदि आयोगको सिफारिसअनुसार सरकारले बिदा स्वीकृत गरेमा यसपटक फागुन महिनामा लगातार सात दिन सार्वजनिक बिदा हुने अवस्था सिर्जना हुनेछ। फागुन १८ र १९ गते होली पर्वका अवसरमा सार्वजनिक बिदा परेकै दिन २० देखि २२ गते निर्वाचनसम्बन्धी बिदा प्रस्ताव गरिएको छ। त्यसपछि २३ र २४ गते शनिबार र आइतबार परेकाले निरन्तर लामो बिदा हुन सक्ने देखिन्छ।

निर्वाचन आयोगले मतदानका दिन मतदातालाई सहज रूपमा मतदान केन्द्रसम्म पुग्ने वातावरण बनाउन तथा सरकारी, निजी र गैरसरकारी क्षेत्रका कर्मचारीलाई मतदानमा सहभागी हुन प्रोत्साहित गर्ने उद्देश्यले बिदाको सिफारिस गरिएको जनाएको छ।

सरकारले आयोगको प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने निर्णय मन्त्रिपरिषद् बैठकमार्फत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img