अन्तर्राष्ट्रियमध्यपूर्वमा युद्ध चर्किँदै: ६ सयभन्दा बढीको ज्यान गयो, इरानमा मात्रै ५५५ मृत्यु

मध्यपूर्वमा युद्ध चर्किँदै: ६ सयभन्दा बढीको ज्यान गयो, इरानमा मात्रै ५५५ मृत्यु

काठमाडौं | इजरायल र अमेरिकाले इरानमाथि सुरु गरेको सैन्य आक्रमणपछि मध्यपूर्व क्षेत्रभर युद्धको दायरा फैलिँदै गएको छ। विभिन्न देशबाट प्राप्त विवरणअनुसार हालसम्म युद्धमा परी मृत्यु हुनेको संख्या ६०६ पुगेको छ। अल जजीराको लाइभ ट्र्याकरका अनुसार सबैभन्दा बढी ५५५ जना इरानमा मारिएका छन्।

संयुक्त अमेरिकी–इजरायली आक्रमणमा इरानका १३१ जिल्लामा कम्तीमा ५५५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। इरान रेड क्रिसेन्ट सोसाइटीका अनुसार एक विद्यालयमा भएको आक्रमणले ठूलो मानवीय क्षति निम्त्याएको छ।

दक्षिणपूर्वी सहर मिनाबमा रहेको एक बालिका प्राथमिक विद्यालयमा गरिएको आक्रमण सबैभन्दा घातक बनेको छ। इरानको स्वास्थ्य मन्त्रालयका जनसम्पर्क प्रमुख होसेन केर्मानपुरका अनुसार उक्त घटनामा करिब १८० बालिकाको ज्यान गएको छ।

इरानी प्रत्याक्रमणपछि इजरायलमा १० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। केन्द्रीय इजरायलको बेइत शेमेशमा ब्यालेस्टिक मिसाइल प्रहार हुँदा ९ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। तेल अवीव क्षेत्रमा शनिबार राति एक महिलाको ज्यान गएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार तेल अवीवका कम्तीमा ४० भवन क्षतिग्रस्त भएका छन्।

कुवेतस्थित सैन्य अड्डामा इरानी आक्रमण हुँदा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। युनाइटेड स्टेट्स सेन्ट्रल कमान्डका अनुसार केही सैनिक सामान्य उपचारपछि सेवामा फर्किने प्रक्रियामा छन्।

बहराइनमा इरानी मिसाइल आक्रमणमा एक भारतीय कामदारको मृत्यु र चार जना घाइते भएका छन्। इराकको जुरफ अल-साखेर आधार शिविरमा दुई लडाकुको मृत्यु र पाँच जना घाइते भएका छन्। कुवेतमा एक जनाको मृत्यु र ३२ जना घाइते भएको पुष्टि भएको छ। लेबनानमा इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु र १४९ जना घाइते भएका छन्।
कतारमा १६ जना घाइते भएका छन् भने हवाई उडान अनिश्चितकालका लागि स्थगित गरिएको छ। संयुक्त अरब इमिरेट्स (यूएई)**मा नेपालीसहित तीन जनाको मृत्यु र ५८ जना घाइते भएका छन्। गोरखाका २९ वर्षीय नेपाली युवकको ज्यान गएको पुष्टि भएको छ।

यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित १६५ ब्यालेस्टिक मिसाइलमध्ये १५२ नष्ट गरिएको छ भने दुई क्रुज मिसाइल पनि अवरोध गरिएको दाबी गरिएको छ।

जोर्डन र साउदी अरबले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका ड्रोन र मिसाइल अवरोध गरेको जनाएका छन्। हालसम्म ती देशहरूमा मानवीय क्षति नभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img