देशपदभार गरे लगत्तै ओलीको निशानामा परे यि नेता, संसद पनि चल्न नदिने

पदभार गरे लगत्तै ओलीको निशानामा परे यि नेता, संसद पनि चल्न नदिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले निष्कासन गरेका सांसदहरुलाई राखेर संसद अघि बढाइएमा संसद चल्न नदिने पूरानै अडान दोहोर्याएका छन् ।

एमालेको दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओलीले शुक्रबार पार्टी कार्यालय थापाथलीमा पदभार ग्रहण गर्दै कारवाही गरिएका सांसदहरुलाई राखेर संसद अघि बढेमा आगामी मंसिर २८ गते बोलाइएको संसद अधिवेशन चल्न नदिने बताए ।

उनले भने, ‘संसद किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ त्यसबाट थाहा होला । हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन ।’

माधव नेपालसहित १० सांसदहरुलाई पार्टीले कारबाही गरेर सभामुख अग्निप्रसाद सापकोटालाई पत्राचार गरिए पनि सभामुखले उक्त कारबाहीबारे कुनै कदम नचालेपछि एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।

र, राष्ट्रपति विद्या भण्डारीले आगामी मंसिर २८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी छन् । तर, अध्यक्ष ओलीले कारबाही गरिएकाहरुको सन्दर्भमा निर्णय भएपछि मात्र संसद अघि बढ्ने जिकिर गरे ।

अध्यक्ष ओलीले अहिले गठबन्धनले देश र सरकारल नचल्ले बताउँदै ताजा जनादेशमै जानुपर्ने पनि बताएका छन् । ‘अन्ततोगत्वा निर्वाचनमै जानुपर्छ, ताजा जनादेशमा जानुपर्छ । ताजा जनादेशबाट समस्याको समाधान खोज्नुपर्छ’ ओलीले भने, ‘हामीलाई विश्वास छ, ताजा जनादेशबाट समस्याको समाधान निस्कन्छ ।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img