सुनसरी : धरान उपमहानगरपालिका-६ मा घर भएका रामबहादुर खड्काको घरमा आगलागीबाट जलेर नष्ट भएको छ । घरमा भएको सामान तथा खाद्यान्न निकाल्न नसकिएको स्थानीयले बताएका छन् ।
धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानियले आगो नियन्त्रणमा लिएका छन् भने काठको घर भएकाले धेरै प्रयासपछि मात्रै आगो नियन्त्रणमा लिन सफल भएकाे जिल्ला प्रहरी कार्यलय धरानले जनाएको छ । आगलागीकाे कारण र क्षतिको विवरण जानकारी आउन बाकि रहेको छ ।



