बागमती प्रदेशमकवानपुरहेटौँडामा एमाले प्रदर्शन कभर गर्ने पत्रकारमाथि दुर्व्यवहार, स्वतन्त्र पत्रकार संघ मकवानपुरको आपत्ति

हेटौँडामा एमाले प्रदर्शन कभर गर्ने पत्रकारमाथि दुर्व्यवहार, स्वतन्त्र पत्रकार संघ मकवानपुरको आपत्ति

हेटौँडा | आइतबार नेकपा एमालेद्वारा आयोजित प्रदर्शनको रिपोर्टिङका क्रममा सञ्चारकर्मीमाथि दुर्व्यवहार भएको घटनाप्रति स्वतन्त्र पत्रकार संघ मकवानपुरले गम्भीर आपत्ति जनाएको छ। हेटौँडामा नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृह मन्त्री रमेश लेखकको रिहाइको माग गर्दै गरेको प्रदर्शनमा सञ्चारकर्मीमाथि आक्रमण भएको  हो ।

प्रदर्शनस्थलमा समाचार सङ्कलन गरिरहेका संघका सदस्य पत्रकार सन्तोष बिक र क्यामेरा पर्सन चक्र बोहरामाथि पार्टीका कार्यकर्ताले दुर्व्यवहार तथा आक्रमण गरेको भिडियो नै सार्वजनिक भएको थियो । संघले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप भएको भन्दै घोर निन्दा गरेको छ।

संघका सचिव बसन्त भण्डारीद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारविरुद्ध हुने यस्ता गतिविधिले सञ्चारकर्मीको पेशागत सुरक्षामात्र नभई नागरिकको सूचना पाउने अधिकारसमेत प्रभावित पार्ने उल्लेख गरिएको छ। घटनाप्रति जिल्ला प्रशासन कार्यालय मकवानपुर, नेपाल प्रहरीलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कानुनी कारबाही गर्न र सञ्चारकर्मीलाई सुरक्षित रूपमा काम गर्न सक्ने वातावरण सुनिश्चित गर्न माग गरिएको छ। साथै, कार्यक्रम आयोजक तथा सम्बन्धित पक्षलाई संयमित र जिम्मेवार बन्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सचेत रहन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img