समाजउदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, साइकलयात्रीको पनि ज्यान गयो

उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, साइकलयात्रीको पनि ज्यान गयो

उदयपुर | जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ४० वर्षीय गजुरमान राईको मृत्यु भएको हो। बेलका नगरपालिका–६ लामिडाँडा निवासी राईलाई गम्भीर अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईँले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार उनकी बहिनी ३५ वर्षीया शान्ति राई गम्भीर घाइते भएकी छन्। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, बेलका नगरपालिका–१ आम्बासी कालिखोलामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा ६० वर्षीय घलबहादुर भुजेलको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–४ बसाहा नमुना टोल निवासी भुजेललाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img