कृषीकिसानले ५०, उपभोक्ताले ३०० !

किसानले ५०, उपभोक्ताले ३०० !

चितवन | बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढ्दै जाँदा उपभोक्ता महँगोमा किन्न बाध्य छन्, तर किसानले भने आफ्नो उत्पादन न्यून मूल्यमै बेच्नुपरेको गुनासो गरेका छन्।

चितवन र झापाका किसानहरूका अनुसार उनीहरूले जिनाइन केरा प्रतिदर्जन करिब ५० रुपैयाँ, मालभोग ८० रुपैयाँ र चिनी चम्पा ५०–६० रुपैयाँमै बिक्री गरिरहेका छन्। तर यही केरा उपभोक्तासम्म पुग्दा मूल्य ३०० रुपैयाँसम्म पुग्ने गरेको छ।

किसानहरू भन्छन्, उत्पादन, लगानी र जोखिम सबै आफूले व्यहोरे पनि नाफाको ठूलो हिस्सा बिचौलियाले लिइरहेका छन्। चितवनका किसान यज्ञ सुवेदीका अनुसार “हामीले ५० मा बेचेको केरा उपभोक्तासम्म पुग्दा दर्जनमै २५० रुपैयाँभन्दा बढी नाफा थपिन्छ।”

नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले पनि बजारमा कृत्रिम अभाव देखाएर मूल्य बढाइएको आरोप लगाएका छन्। उनका अनुसार अहिले उत्पादन पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले महँगो तिर्नु परिरहेको छ भने किसानले उचित मूल्य पाएका छैनन्।

विशेषगरी चैतदेखि जेठसम्म माग बढ्ने सिजनमा बिचौलियाको चलखेल बढ्ने गरेको किसानहरूको भनाइ छ। भारतीय केरा आयातमा रोक लगाइएकै बहानामा बजारमा मूल्य मनपरी बढाइएको आशंका पनि गरिएको छ।

नेपालमा वार्षिक करिब ९ लाख मेट्रिक टन केराको खपत हुने अनुमान छ, जसमध्ये अधिकांश स्वदेशमै उत्पादन हुने भए पनि बजार मूल्य भने असन्तुलित देखिएको छ।

किसान र उपभोक्ता दुवै मारमा पर्ने यस्तो अवस्थालाई नियन्त्रण गर्न सरकारले बजार अनुगमन र मूल्य नियमनमा ध्यान दिनुपर्ने माग उठिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img